राति ३ बजे आमासँग पानी मागेका थिए सिद्धार्थ शुक्लाले

भारतका चर्चित कलाकार सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन भएको छ । बिग बोस १३ का विजेता ४० वर्षका सिद्धार्थको पार्थिव शरीरमा कुनै चोटपटक लागेको थिएन । उनको अब पोस्टमार्टम गरिने भएको छ । 

उनको निधनले अहिले भारतीय कला क्षेत्र स्तब्ध भएको छ । 

बिग बोसका सन्चालक सलमान खानले सिद्धार्थ निकै छिटो बिदा भएको टिप्पणी गरेका छन् ।

सिद्धार्थको परिवारले पनि उनको निधनमा कुनै आशंका गरेका छैनन्, यसलाई अस्वभाविक मृत्युका रुपमा लिएका मात्र छन् । प्रहरीले चाहिँ सिद्धार्थको परिवारमा चाहिँ आमा, बहिनी र भिनाजुको बयान लिएको छ ।

सिद्धार्थका आमाका अनुसार बुधबार साँझ टहल्का लागि सिद्धार्थ बाहिर निस्किएका थिए । सिद्धार्थले बुधबार राति सुत्नुअघि केही औषधीहरु पनि खाएका थिए ।

राति ३ बजे उनलाई अचानक तिर्खा लागेको र उनले आमा रितासँग पानी मागेको उनकी आमाले भारतीय प्रहरीलाई बताएकी छिन् । पानी पिएर सिद्धार्थ सुत्न गएका थिए ।



त्यसको केही समयपछि सिद्धार्थलाई अस्पतालमा लगिएको थियो । अस्पताल पुग्दा नै चिकित्सकहरुले सिद्धार्थलाई मृत घोषित गरेका थिए ।



  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १९:१३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया