चिकित्सकले सिद्धार्थलाई भनेका थिए— धेरै कसरत नगर्नू

भारतीय कलाकार सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा बिहीबार भएको निधनका कारण पूरै बलिउड स्तब्ध भएको छ । भारतीय चर्चित टिभी सो बिग बोस १३ का विजेतासमेत रहेका सिद्धार्थको मृत्यु हृदयघातका कारण भएको हो ।

यसअघि उनलाई केही असहज भएपछि बुधबार विहान उनले एक चिकित्सकसँग कन्सल्टेसन गरेका थिए । 

उनका पारिवारिक चिकित्सकले उनलाई धेरै कसरत वा व्यायाम नगर्न सुझाएका थिए । 

शरीरलाई फिट राख्न सिद्धार्थले प्रत्येक दिन ४ घन्टा कसरत गर्ने गरेका थिए ।





  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार २०:३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया