काठमाडौं १९ का वडाध्यक्षको निधन, शुक्रबार शोक बिदा

काठमाडौं महानगरपालिका वडा नं १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ । ६५ वर्षका श्रेष्ठको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । उनी केही समय यता क्यान्सरपीडित थिए ।

आज साँझ ७ बजे निधन भएका श्रेष्ठलाई डेढ महिनाअघि खाना नलीको क्यान्सर देखिएको थियो । 

श्रेष्ठको निधनमा महानगरपालिकाले शुक्रबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले वडाध्यक्षको निधनमा शोक बिदा दिने निर्णय भएको बताएका हुन् ।

उनको अन्तिम संस्कार शुक्रबार हुने परिवारले जनाएको छ । उनलाई अन्तिम श्रद्धान्जलीका लागि दिउँसो तीन बजेसम्म वडा कार्यालयमा उनको पार्थिव शरीर राखिनेछ ।





  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार २१:५४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया