जयसिंह धामी बेपत्ता प्रकरणः भारतले भन्यो– नेपालले केही भनेको छैन, थाहा छैन

दार्चुलामा तुइन घटनाबारे नेपालबाट कुनै जानकारी नआएकाले आफूलाई केही थाहा नभएको भारतले बताएको छ । दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिँदा नेपाली युवा जयसिंह धामी बेपत्ता भएका थिए ।

तर, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले यो विषयमा भारत सरकारलाई कुनै जानकारी नआएको बताएका छन् ।

उनले यसबारे मिडियामा थाहा भए पनि आफूहरुलाई औपचारिक जानकारी नआएकाले केही बोल्न नमिल्ने पनि बताएका छन् ।

‘नेपालले केही भनेको छैन, यसबारे केही थाहा छैन,’ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल सरकारबाट केही जानकारी आइनसकेकाले यसबारे केही भन्न सकिँदैन ।’

उनले यसबारे नेपालमा के भएको हो भन्ने विषयमा र भारतमा पनि यसको छानबिन भएको या नभएको विषयमा पनि आफूहरुलाई केही थाहा नभएको बताएका छन् ।





  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार २२:२८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया