म्यानचेस्टरमा पनि रोनाल्डोले ७ नम्बरकै जर्सी लगाउने

१२ वर्षपछि आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्किएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डाेले ७ नम्बरकै जर्सी लगाउने भएका छन् । 

क्लबमा हाल यो नम्बर एन्डिसन काभानीले लगाउँदै आएको हुँदा रोनाल्डोले आफ्नो ऐतिहासिक जर्सी प्रयोग गर्न पाउँछन् कि पाउँदैनन् भन्ने विषयले राम्रो चर्चा कमाएको  थियो।

क्लबले रोनाल्डोलाई ७ नम्बरको जर्सी दिँदै काभानीले २१ नम्बरको जर्सी प्रयोग गर्ने जनाएको छ । 

रोनाल्डो यही सिजन इटालियन क्लब युभेन्टरबाट इंग्लिस क्लब म्यानचेस्टर युनाइडेड फर्किएका हुन् ।

युनाइटेडले १ वर्ष थप गर्न सक्ने सर्त सहित रोनाल्डोसँग २ वर्षको सम्झौता गरेको हो।

रोनाल्डो सन् २००३ मा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबाट युनाइटेड पुगेका थिए । सन् २००९ सम्म ओल्ड ट्राफोर्टमा बिताएर उनी स्पेनिस महारथी रियल मड्रिड गएका थिए ।  



उनले युनाइटेडका लागि २९२ खेलमा ११८ गोल गरेका थिए । क्लबका लागि ३ प्रिमियर लिग, १ च्याम्पियन्स लिग, २ लिग कप र १ एफए कप जितेका थिए । सन् २००९ मा रियल पुगेका रोनाल्डो सन् २०१८ मा युभेन्ट गएका हुन् । 



  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार ११:२१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया