‘म राजेश हमाल’को होमवर्क गर्दै सञ्चिता लुइँटेल

यही भदौ २१ गतेबाट नेपाली कथानक चलचित्र ‘म राजेश हमाल’को छायांकन सुरु हुने भएको छ । धनगढीबाट छायांकन प्रारम्भ गर्ने तयारीमा रहेको यो चलचित्रका कलाकारले पनि तयारी सुरु गरेका छन् ।

चलचित्रका कलाकारमध्ये अभिनेत्री संचिता लुइँटेल अहिले ‘म राजेश हमाल’को स्क्रिप्ट पढिरहेकी छन् । उनले चलचित्रको स्क्रिप्ट पढ्दै गरेको तस्बिर सार्वजनिक गरेकी छन् । यो चलचित्रमा संचिताका साथमा मुकुन भुषाल, महेश त्रिपाठी, एवनराज उप्रेती, अस्मिता लामिछाने, सञ्जोग रसाइली लगायतका कलाकारले अभिनय गर्दैछन् ।

चलचित्र निर्माण टिमले चलचित्रमा अतिथि भूमिका निर्वाह गरिदिन राजेश हमाललाई प्रस्ताव गरेका थिए । हमालले उक्त प्रस्ताव स्वीकार गरिसकेका छैनन् । चलचित्र निर्माता केदार भुषालले कुनै न कुनै रूपमा चलचित्रमा हमालको उपस्थिति रहने बताउँछन् ।

यो चलचित्रमा अभिनेता आर्यन सिग्देल अतिथि भूमिकामा देखिने छन् । अलोक शुक्लाको छायांकन रहने चलचित्र ‘म राजेश हमाल’भीम विश्वकर्माले सम्पादन गर्नेछन् । वर्ड पिक्चर, जोया पपया र ढाकाटोपी प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्ममा अनुज हमाल कार्यकारी निर्मातामा रहेका छन् ।





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार ११:४८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया