चोटका कारण एमबाप्पेले विश्वकप छनोटका खेल गुमाउने

फ्रेन्च युवा स्टार केलियन एमबाप्पेले विश्वकप छनोटका २ खेल गुमाउने भएका छन् । 

बुधबार राति बोस्निया एन्ड हर्जगोभिना विरुद्धकाे खेलमा एमबाप्पेको दायाँ खट्टाको मांशपेशीमा समस्या देखिएको थियो । 

‘उनकाे मांशपेशीमा समस्या देखिएकाले हामीले उनलाई पिएसजी फर्कन अनुमति दिएका छौँ’, फ्रेन्च फुटबल संघले विज्ञप्तिमार्फत भनेको छ,‘उनले युक्रेन र फिनल्यान्ड विरुद्धको खेल गुमाउने पक्का भएको छ ।’

फ्रान्सले युक्रेनसँग शनिबार र फिनल्यान्डसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ । 

विश्वकप युरोपियन छनोटको समूह ‘डी’मा रहेको फ्रान्स ४ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा छ । 
 





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १२:१८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया