कर्रा खोलाले ट्रकसहित दुई जना बगायो

हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलाले ट्रकसहित दुईजनालाई बगाएको छ ।  

शिवम् सिमेन्ट उद्योगबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ ख १४४० नम्बरको खाली ट्रक कर्रा खोलामा आएको भेलले बगाएको हो । 

ट्रकसँगै दुईजना बगाएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिं राठौरले बताए ।   

ट्रकसँगै सोही ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री कार्की र अर्का एक जना ठेगाना नखुलेका अन्दाजी ४०/४२ बर्षीय गणेश थापा मगरलाई बगाएको जनाइएको छ । 

खोलामा एक्कासी आएको भेलले उक्त ट्रकलाई बगाएको र हराएका दुईजनाको खोजी कार्य तीव्र पारिएको एसपी राठौरले बताए ।  

घटनास्थलमा एसपी राठौरकै कमाण्डमा ठूलो संख्यामा प्रहरी खटाएता पनि ट्रक समेत नभेटेको प्रहरीले जनाएको छ । 



पानी पर्दा सामान्य देखिने ठाडो रहेको खोलामा ढुंगामाटोसहित ठूलो भेल आउने गरेको छ। यसअघि पनि सोही ठाउँमा एक भारतीय ट्रकलाई खोलाले बगाएको थियो ।



  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १४:५४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया