सरकारसँग लोकतान्त्रिक समाजवादी पार्टी सशंकित, अध्यक्ष ठाकुरले भने– माग पुरा नभए आन्दोलन

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीको मागहरु सरकारले पुरा नगरे आन्दोलनमा जाने बताएका छन् । 

फरकधारसँग आज विशेष कुराकानी गर्दै अध्यक्ष ठाकुरले आफ्नो पार्टीको मागहरुबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेको जनाए । 

‘मैले वर्तमान प्रधानमन्त्रीलाई पनि भनिसकेको छु– यदि हाम्रा मागहरुको सम्बोधन भएन भने फेरि पनि आन्दोलन हुनसक्छ,’ उनले भने । 

मधेश आन्दोलनका केही साथीहरु अहिले पनि जेलमा रहेको उनले बताए । उनीहरुले तारिख बोकिरहेको उनले सुनाए । उनले अगाडि भने, ‘हाम्रा मन्त्री र सांसदहरु अहिले पनि जेलमा छन् । मुद्दा फिर्ता लिने, जो जेलमा छन् तिनलाई रिहा गर्ने विषयमा सरकारसँग हाम्रो ३ बुँदे सम्झौता भएको छ । त्यो अहिलेसम्म भएको छैन,’ अध्यक्ष ठाकुरले भने । 

माओवादीहरू हतियार उठाएर प्रधानमन्त्रीसम्म बनेको उदाहरण दिंदै उनले मधेश र थरूहटको नेताहरु मात्र जेल बस्नु परेकोमा दुःख व्यक्त गरे । 

(लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगको विशेष अन्तर्वार्ता साँझ फरकधारमा प्रकाशित गरिनेछ ।)





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १५:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया