सांसद मीना ज्ञवाली समाजवादीमा खुलिन्

नेकपा एमालेकी बागमती प्रदेशसभा सदस्य मीना ज्ञवाली नेकपा (एकीकृत समाजवादी) तर्फ लागेकी छन् ।

यसअघि अन्य सांसदसँगै स्वास्थ्य समस्याको कारण सनाखत गर्न नसकेको भन्दै शुक्रबार बागमती प्रदेशको निर्वाचन कार्यालय हेटौंडामा पुगी सनाखत गरेकी हुन्। 

ज्ञवालीसँगै बागमतीका १३ जना प्रदेशका सभा सदस्यहरू समाजवादीमा खुलेका छन् ।

बागमती सभामा एमालेका ५६ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये १३ जना प्रदेशसभा सदस्यहरूले एमाले छोडेका छन् । 

अझै केही प्रदेश सभा सदस्यहरू समाजवादीमा आउने समाजवादीकी नेतृ मुनु सिग्देलले बताइन्  । 





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १६:१७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया