पूर्वप्रधानमन्त्री खनाललाई भेटेर कांग्रेस वरिष्ठ नेता पाैडेलले गरे स्वास्थ्यलाभको कामना

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल र पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएकाे छ ।

नेता खनालकाे निवास डल्लुमा नेता पाैडेलले भेटवार्ता गरेका हुन् ।

पाैडेलले खनालकाे स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिई स्वास्थ्य लाभकाे कामना गरेका छन् ।

हालै भारतबाट उपचार गरी फर्किएका खनाललाई भेट्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल डल्लु पुगिसकेका छन् ।
 





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १८:२०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया