सेजनको अध्यक्षमा जनार्दन बराल विजयी

आर्थिक पत्रकार समाज सेजनको अध्यक्षमा जनार्दन बराल विजयी भएका छन् ।

शुक्रबार भएको सेजनको २२औं साधारणसभा तथा अधिवेशनमा नयाँ पत्रिका दैनिकका अर्थ ब्यूरो प्रमुख जनार्दन बरालले आफ्ना दुई प्रतिद्वन्द्वीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्। 

सेजनको उपाध्यक्षमा क्यापिटल नेपालका सुजन ओली, महासचिवमा शिलापत्र डटकमका भागवत भट्टराई, सचिवमा बह्रखरीका हिमाल पौडेल र कोषाध्यक्षमा कारोबार दैनिककी लक्ष्मी सापकोटा विजयी भएका छन्। 

कार्यसमिति सदस्यमा सबैभन्दा बढी मत ल्याएर सोभित थपलिया विजय भएका छन् । कार्यसमितिका अन्य सदस्यमा अच्युत पुरी, इसारा कोइराला, अम्बर बडुवाल र सिबी अधिकारी विजयी भएका छन् । 

अघिल्लो साधारणसभाबाट कारोबार दैनिकका प्रमुख संवाददाता भीम गौतम अध्यक्षमा निर्वाचित भएका थिए । 

चुनावबाट ५ जना पदाधिकारी र ५ जना सदस्यसहित १० जनाको कार्यसमिति चुनिएको छ । कार्यसमितिका बाँकी २ जना सदस्य मनोनीत हुनेछन् ।





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार २०:७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया