काेराेना भाइरसबाट कुन देशमा कतिकाे मृत्यु ?

कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन । 

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४५ लाख ५२ हजार ३२२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २१ करोड ९७ लाख २९ हजार ५६७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ६ लाख ४७ हजार ५४५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ८२ हजार ६७० जनाले ज्यान गुमाइसकेका छन् । 

छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख ३९ हजार ८९५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैगरी मेक्सिकोमा २ लाख ६१ हजार ४९६, पेरुमा १ लाख ९८ हजार ३६४, रुसमा १ लाख ८२ हजार ३४१, बेलायतमा १ लाख ३३ हजार ३६५, इटालीमा १ लाख २९ हजार ४१० र  कोलम्बियामा १ लाख २५ हजार १५८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।





  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार ७:२०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया