[अनुवाद कविता] धूमिलको अन्तिम कविता

धूमिल

शब्द कसरी 
कविता बन्छ
यसलाई हेर
अक्षरहरूका बीच खसेको
मानिसलाई पढ
के तिमीले सुन्यौ कि यो
फलामको आवाज हो या
माटोमा खसेको रगतको रङ ।

फलामको स्वाद
लोहारसँग नसोध
घोडासँग सोध
जसको मुखमा लगाम छ ।

(१९३६ मा जन्मिएका भारतीय प्रख्यात कवि धूमिलको वास्तविक नाम सुदामा पाण्डेय हो । उनका ‘संसद् से सडक तक’, ‘कल सुनना मुझे’, ‘सुदामा पाण्डेका प्रजातन्त्र’लगायतका कवितासंग्रह प्रकाशित छन् । उनले थुप्रै प्रतिष्ठित पुरस्कार र सम्मान पाएका छन् । उनको निधन १९७५ मा भएकाे हाे ।)
 





  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार ८:२४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया