छवि अनित्यकाे कविता— खसेपछि

खसेपछि 
आकाशबाट तारा
भेटिँदैन
जत्ति खोजे पनि भुइँमा,
पाएदेखि 
तिमी खसेको खबर
अजा !
खोजिरहेछु
धुइँपत्ताल यो धर्तीमा ।
खोजिरहेछु
आँखा चिम्लेर तिमी हाँस्दा
अनुहारभरि बत्तीस मुजा
समेटिएका खुसी,
उमेरको कुन खुड्किलो
गिजादेखि खुस्किएका दाँत,
यो निधारदेखि खसेको
त्यो दसैंमा थापेको टीका,
आशिष दिएपछि यो शिरबाट झरेको
त्यो हातको न्यानो स्पर्श,
राप्तीको बगरमा खसेको तिम्रो जिन्दगी ।

कहाँनेर खस्यो होला
आकाशबाट तारा ?
उकालैउकालो चढेर उमेरको भ¥याङ
कसरी पो खस्यो होला जीवन ? भेटिएकै होइन
जत्ति खोजे पनि धर्तीमा ।

बरु भेटिन् कि कतै अजीले
खसेपछि परार साल
त्यो रजैया घाटमा ।
 





  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार ९:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया