कोरोना भ्याक्सिनः १५ वर्ष मुनिका बालबालिकालाई गरेन काम

बेलायत सरकारको एक सल्लाहकार बोर्डले पछिल्लो समय आएका भ्याक्सिनहरु १२ देखि १५ वर्षका बालबालिकाहरुका लागि खासै प्रभावकारी नभएको बताएको छ ।

शुक्रबार यो सल्लाहकार बोर्डले बेलायत सरकारलाई यो समूहलाई भ्याक्सिनको कुनै प्रभाव नदेखिएको भन्दै आफूहरुले भ्याक्सिन लगाउन सिफारिस नगर्ने पनि बताएको छ ।

यसको फाइदा अत्यन्त कम भएकाले यसलाई सिफारिस नगरिएको यो समितिले बताएको अन्तर्राष्ट्रिय सन्चारमाध्यममा समाचार छ ।

विभिन्न देशमा यो उमेर समूहमा पनि भ्याक्सिन लगाउन सुरु गरिएको प्रसंगलाई उठाउँदै यो समितिले भ्याक्सिन लगाउनुले कुनै फरक नपारेको बताएको हो ।

बेलायतमा विस्तारै स्कुलहरु खुल्दै जाँदा र सल्लाहकार समितिले दिएको यो रायका कारण ठूलो अन्योल छाएको छ । त्यहाँ अब स्कुले विद्यार्थीहरुमा कोरोना महामारी व्यापक हुनसक्ने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार ९:२१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया