महिला क्रिकेट टिमकी कप्तान रुबिनालाई केआई स्पोर्ट्सकाे प्रायोजन

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीलाई भारतीय क्रिकेट सामग्री उत्पादक केआई स्पोर्ट्सले एक वर्षका लागि प्रायोजन गरेको छ । 

सम्झौता अनुसार केआइ स्पोर्ट्सले १ वर्षसम्म रुबिनालाई आवश्यक पर्ने खेल सामग्री उपलब्ध गराउने छ । 

रुबिनाले ब्रान्डकाे प्रचारप्रसार गर्नेछिन् । त्यसका लागि कम्पनीले उनलाई प्रायोजन रकम पनि उपलब्ध गराउनेछ तर रकम भने गोप्य राखिएको छ । 

खेलकुद म्यानेजमेन्ट कम्पनी लेविन स्पोर्ट्सको समन्वयमा केआई स्पोर्ट्सले रुबिनालाई प्रायोजन गरेको हो ।

‘केआई स्पोर्ट्सले प्रायोजन गरेका खेल सामग्रीबाट म निकै सन्तुष्ट छु र दीर्घकालीन समन्वयका लागि तयार छु’, रुबिनाले सम्झौतापछि भनिन्, ‘महिला क्रिकेटलाई प्राथमिकता दिएकोमा म लेविन स्पोर्ट्सलाई धन्यवाद दिन चाहन्छु ।’





  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार १२:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया