आन्दोलनमा उत्रिए पर्यटन श्रमिक

कोरोना महामारीको चपेटामा परेका पर्यटन श्रमिकहरू आन्दोलनमा उत्रिएका छन् । 

आफ्नो जीविकाको समस्या पटकपटक सम्बन्धित निकायहरुमा पेस गर्दा पनि सरकारले बेवास्ता गरेको भन्दै पर्यटन श्रमिकहरू आन्दोलनमा उत्रिने भएका हुन् ।

स्वतन्त्र पर्यटन श्रमिकहरूको छाता संगठन नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) ले शनिबार एक अपिल जारी गर्दै आन्दोलनको आव्हान गरेको हो ।

नेपाल पर्यटन बोर्डले सीमित व्यक्तिको पहुँचमा पुग्ने गरी पर्यटन श्रमिक कल्याणकारी कोष परिचालन गर्ने बाटो लिएको र अनेकन मुद्दामा बहुसंख्यक श्रमिकको भावना कुल्चेको निटोगको आरोप छ । 

यस्तै, युएनडिपी र नेपाल पर्यटन बोर्डले चलाउन लागेको पर्यटन श्रमिक लक्षित  अल्पकालीन रोजगारी कार्यक्रममा बोर्डले ढिलासुस्ती गरेको पनि अपिलमा उल्लेख छ ।

पूर्ण मात्राको खोप लगाई पिसिआर नेगेटिभ रिपोर्ट लिएर नेपाल आउने पर्यटकलाई समेत क्वारेन्टाइन बस्नुपर्ने नियमले पर्यटकहरुलाई नेपाल आउन निरुत्साहित गरेको र यसले दक्ष पर्यटन श्रमिकहरुमा अनिश्चित भविष्यको चिन्ता र निराशा बढाएको निटोगका अध्यक्ष रामकाजी तिवारी 'प्रयास'ले बताएका छन् । 



यस्तो परिवेशले पर्यटनका दक्ष जनशक्ति पलायन हुने पर्यटन श्रमिकहरुको बुझाइ छ ।

कोभिड महामारीबाट सबैभन्दा पहिले र बढी प्रभावित पर्यटन क्षेत्र अहिले शून्य गतिविधिको अवस्थामा छ ।  



यस्तो गम्भीर अवस्थाको ख्याल गर्दै पर्यटन श्रमिकको जीविका लगायतका अनेकन मुद्दा निटोगले उठाएको छ । निटोगले माग पूरा नभएसम्मको लागि सोमबारदेखि अनिश्चितकालीन शान्तिपूर्ण आन्दोलन घोषणा गरेको हो ।

  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार १८:३६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया