भदाै २३ गते संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन भदाै २३ गते दिउँसो ४ बजे बस्नेगरी आह्वान गरेकी छन्। 

नेपाल सरकार मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपतिले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । 

आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि समेत ल्याउने तयारी गरेको छ । 

शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन बोलाउनेबारे सभामुख अग्नि सापकोटासँग परामर्श गरेका थिए। 

यस्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको छलफलपछि बसेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो। 
 





  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार २०:५१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया