अस्पतालमा थिए सिद्धार्थ, सलमानले भने— राम्रो मान्छे थिए

२ सेप्टेम्बरमा हृदयाघातका कारण बलिउड अभिनेता सिद्धार्थ शुक्लाको निधन भयो । उनको निधनपछि बलिउडमा धेरैलाई अचम्म लागेको छ । धेरैले उनको निधनमा नि:शब्द भएको प्रतिक्रिया दिएका छन् ।

४० वर्षका सिद्धार्थ हट्टाकट्टा थिए । तर, उनलाई हृदयाघात भयो ।

यहीबीच अब सिद्धार्थका पुराना भिडियोहरु निकै भाइरल भएका छन् । बिग बोस नामको टिभी कार्यक्रमको १३ औँ सिजनका विजेता सिद्धार्थको एउटा भिडियो अहिले निकै भाइरल भएको छ । 

भिडियोमा कार्यक्रम सञ्चालक अभिनेता सलमान खानले भनेका छन्— राम्रो मान्छे थियो । अर्थात्, सिद्धार्थ नरहेको उनले बताएका थिए । 

यो त्यति बेलाको कुरा हो जतिबेला सिद्धार्थ उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । बिग बोसमा हुँदाहुँदै टाइफाइड भएपछि सिद्धार्थलाई अस्पतालमा भर्ना गरिएको थियो ।

अहिले यो भिडियो क्लिप भाइरल हुनुका साथसाथै सिद्धार्थका प्रशंसकहरुले यसलाई त्यति बेलाको जोक अहिले सत्य प्रमाणित भएको बताएका छन् ।





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार २:२१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया