बैंक अफ काठमाण्डूको कुशे औँसी र तीजमा नगद फिर्ता योजना

बैंक अफ काठमाण्डूले कुशे औँसी र हरितालिका तीजमा नगद फिर्ता योजना ल्याएको छ । 

बैंकले फुडमाण्डू, भोजडिल तथा खानपिनफुड मार्फत आफुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गर्दा नगद फिर्ता हुने योजना ल्याएको हो । बैंकले आउँदै गरेको चाडपर्वहरू कुशे औँसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको अवसरलाई लक्षित गरी योजना ल्याएको हो । 

योजना अन्र्तगत ग्राहकलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गरी बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा ५०० रुपैयाँसम्मको नगद फिर्ता पाउने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।  

ग्राहकले नगद फिर्ता योजनामा सहभागि हुनको लागि अनलाइन अडर पश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाइल बैंकिङ्ग मार्फत क्युआर कोड स्क्यान गरी तथा बैंकको डेबिड तथा क्रेडिट कार्ड मार्फत ईसीओएमएम (अनलाइन) कारोबार गर्नुपर्ने हुन्छ । 

यस नगद फिर्ता योजना २०७८ साल भदौ २० गते देखी २०७८ साल भदौ २४ गतेसम्म लागू हुनेछ । यस नगद फिर्ता योजनामा सहभागि पश्चात् प्रयोगकर्ताले कारोबार गर्नुभएको मूल्यको २५ प्रतिशत वा ५०० रुपैयाँ सम्मको नगद फिर्ता कारोबार गरेको पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिदिनेछ । ग्राहकले यो सुविधा योजना अवधिभर हरेक दिन एक पटकसम्म प्रयोग गर्न सक्नेछन् । 

बैंकले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १२:३०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया