सलोन बस्नेतको  नयाँ लुक्स

निर्देशक शोभित बस्नेतको निर्देशनमा छायांकन भैरहेको चलचित्र ‘डाँडाको वरपीपल’का केहि तस्बिर सार्वजनिक भएका छन् । चलचित्रमा समावेश गीत ‘झुसीले जुँगा ओठ माथि’ छायांकनका क्रममा लिइएका तस्बिर सार्वजनिक भएका हुन् ।

चित्लाङमा छायांकन भइरहेको गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री रुबिना थापाले अभिनय गरेका छन् । सलोनलाई निकै फरक गेटअपमा प्रस्तुत गरिएको छ । उनले जुँगा लगाएका छन् । दसैंमा ओटीटी र थिएटरमा एकसाथ रिलिज हुने फिल्मको गत भदौ ७ बाट छायांकन सुरु भएको थियो । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहेका छन् ।

६० दिनको छायांकन सेड्युल रहेको फिल्म काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिनेछ ।

फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अप्सरा थापा, उत्तम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।

बुढासुब्बा ओरिजिनल प्रस्तुतिमा निर्माण हुने फिल्ममा नवराज गिरीको लगानी रहेको छ । रामकाजी घिमिरेको लेखन रहने फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया÷एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज, गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १३:४३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया