गायक सत्यराज आचार्यको नयाँ गीत बजारमा आएको छ । सत्यले गाएको सार्वजनिक गीतमा सत्यले नै अभिनय गरेका छन् ।
सत्यको साथमा उनका छोरा संगीतराज आचार्यले पनि म्यूजिक भिडियोमा अभिनय गरेका छन् । सत्य र संगीत म्यूजिक भिडियोमा पनि बाबु छोराकै रुपमा प्रस्तुत भएका छन् । सत्य र संगीतलाई मलिना ठकुरीले साथ दिएकी छन् ।
‘संसार जित्ने राजा...’ बोलको सार्वजनिक गीत युग यमनले लेखेका हुन् । गीतमा संगीत पनि गीतकार यमनकै छ । संगीत संयोजन भने पुष्कर सुनारले गरेका छन्
म्यूजिक भिडियो निर्देशन सत्यराजले नै गरेका हुन् । सत्यले आफ्ना छोरा ७ वर्ष पुगेको अवसरमा यो गीत सार्वजनिक गरेका हुन् ।
सानैमा दाजुसँग केहि म्यूजिक भिडियोमा देखिएपनि सत्यका छोराले बुझ्ने भएर अभिनय गरेको म्यूजिक भिडियो यो नै पहिलो हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।