भारत विरुद्ध नेपालको सुरुवाती ११ मा तीन परिवर्तन

घरेलु मैदान दशरथ रंगशालामा हुने भारत विरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालको सुरुवाती ११ घोषणा भएको छ । खेल आइतबार (आज) साँझ साढे पाँच बजे सुरु हुनेछ । 

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आज सुरुवाती ११ मा ३ परिवर्तन गरेका छन् । उनले यो खेलमा डिफेन्डर सुमन अर्यालको स्थानमा सुजल श्रेष्ठलाई मौका दिँदा फरवार्डद्धोय अञ्जन विष्ट र नवयुग श्रेष्ठको स्थानमा आशिष लामा र मनिष डाँगीलाई मैदान उतारेका छन् । 

पहिलो खेलमा १–१ को बराबरीमा रोकिएको नेपाल आज जितको लक्ष्यका साथ मैदान उत्रिनेछ । 

नेपालको सुरुवाती ११ 

गोलरक्षक:  किरण चेम्जोङ (कप्तान)
रक्षापंक्ति: अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी र सुजल श्रेष्ठ
मिडफिल्ड: पुजन उपरकोटी, तेज तामाङ र सुमन लामा
अग्रपंक्ति: मनिष डाँगी, आयुष घलान र आशिष लामा  
 





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १७:१३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया