नेपाल सुनचाँदी ब्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच आइतबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबीच सरल र सहजरुपमा इन्स्योरेन्सको कामगर्ने बिषयक समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार यो समझदारी सँगै अव मुलुकभरका सुनचाँदी व्यवसायीले एनएलजी इन्स्योरेन्स कम्पनीसँग सहज र सरलरुपमा इन्स्योरेन्स गरी व्यवसायीक लाभ लिन सक्नेछन् । देशभरका सवै जिल्ला तथा नगर एवं एशोसिएट सदस्यहरुले कम्पनीको कुनै पनि शाखाबाट यो सुविधा लिन सक्ने उनले बताए ।  

कार्यक्रममा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले दुई संस्थाबीच भएको समझदारीले सुनचाँदी ब्यवसायी महासंघमा आवद्ध व्यवसायीहरु लाभान्वित हुने धारणा राखेका थिए । 

यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले दुई संस्थाबीच भएको समझदारी र त्यसबाट ब्यवसायिले लिनसक्ने लाभका बारेमा प्रकाश पारेका थिए । महासंघका प्रवक्ता मनोज शाहले व्यवसायीको हितका लागि महासंघले एनएलजी इन्स्योरेन्स कम्पनीसँग समझदारी गरेको बताए । 





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १७:२६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया