एमाले छाडेका सांसद् तामाङ भन्छन्— पार्टी २ जेठमा फर्किएन, म नेकपा एकीकृत समाजवादीमा लागेँ

सुदूरपश्चिम प्रदेशमा आइतबार एमाले छाडेका एक सांसदले आफूले एमाले छाड्नु परेको कारणबारे फरकधारसँग खुलेर कुरा गरेका छन् । सांसद तारालामा तामाङले पार्टी २ जेठ २०७५ नफर्किएपछि आफू नयाँ पार्टीमा लागेको बताएका हुन् ।

‘खासगरि माधव कमरेडले २०७५ जेठ २ मा पाटीलाई फर्काउनुपर्छ भन्दा–भन्दा यो स्थानमा आइपुगेका छौँ,’ प्रदेश निर्वाचन कार्यालय धनगढीमा समाजवादीका पक्षमा सनाखत गरेपछि तामाङले बताएका छन् ।

‘यो पार्टी विभाजन भन्दा पनि पाटीभित्र हेपिएका, चेपिएका, फालिएका हरुको संरक्षणका लागि गठन भएको  पाटी हो ।’ जेठ २ अघि कञ्चनपुर जिल्लाको एमाले अध्यक्ष समेत रहेका सांसद तामाङले जेठ २ को कमिटी फर्काउन सर्कुलर आएको भए एमाले पाटीभित्र रहन सोच्न नैतिक संकट पर्ने बताए । 

‘जेठ २ को कमिटी फर्काउन सञ्चालन गर भनेर आएको भए, मलाई नैतिक संकट पथ्र्याे । तर, नेताहरुलाई फोन गर्दा हो भन्ने उनीहरुको आफ्ना ऐजेन्ट वा मान्छेहरु केन्द्रमा माधव, झलनाथ रहित पार्टी बनाउने लक्ष्य थियो । त्यसैगरी कञ्चनपुरमा पनि तारालामा तामाङ रहित बनाउने लक्ष्य थियो,’ उनले भनेका छन् ।

तामाङले अरु सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको पाँच दिनपछि सनाखत गरेका हुन् ।

सनाखत पछि प्रतिक्रिया दिदै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले आफूहरु प्रमुख दल बनाउनका लागि प्रयासरत रहेको बताए । निर्वाचन आयोगले भदौ २२ गतेसम्म सनाखत गर्ने समय दिएको छ । समाजवादीमा खुलेका पूर्व राज्यमन्त्री रावलले पनि आफूहरु केपी ओलीको प्रतिगमन विरुद्ध रहेकोले सो दल त्यागेर नेकपा एकिकृत समाजवादीमा सामेल भएको प्रतिक्रिया दिए ।



अव सुदूरपश्चिममा एकिकृत समाजवादीका पक्षमा अव १३ जना प्रदेश सभा सदस्य भएका छन् । अव नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्र दुई दल समान हैसियतका प्रमुख दल बनेका छन् । माओवादीका पनि १३ जना प्रदेश सभा सदस्य छन् ।

प्रदेश सभामा अव नेपाली काँग्रेसका १२, एमालेका ११ र तत्कालिन राजपाका दुई जना प्रदेश सभा सदस्य रहेका छन् । तत्कालिन राजपा पनि फुटेपछि दुई जना प्रदेश सभा सदस्य कता खुल्ने निश्चित भएको छैन ।



सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य रहने व्यवस्था छ । एमाओवादीले एमाले प्रवेश गरेका कारण एक जना झपट बोहरा हटाएपछि अब ५२ जना छन् ।

  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १९:५१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया