महाराजगञ्ज चोकमा नेपाली प्रविधिको ट्राफिक बत्ति

काठमाडौं–महाराजगञ्ज चोकमा नेपाली प्रविधिमा निर्माण गरिएका सडक संकेत बत्ती सञ्चालनमा ल्याइएको छ । ट्राफिक बत्ति निर्माण गर्न काठमाडौं महानगरले २५ लाख रुपैयाँ खर्च गरेको महानगरले बताएको छ । 

महाराजगञ्जमा निर्माण गरिएको संकेत बत्तीमा सवारी साधनका लागि ९० सेकेण्ड र जेब्रा क्रसिङ् प्रयोग कर्ताका लागि १५ सेकेण्ड समय कायम गरिएको छ । 
तारविहिन नेपाली प्रविधिमा जडान गरिएको प्रणालीमा बत्तीसँगै क्यामरा पनि जोडिएका छन् । ती क्यामराले १०० मिटरसम्मका सवारीलाई (क्लोज अप) नजिकबाट निगरानी र तिनका गतिविधि रेकर्ड गर्न सक्छन् । 

बत्तीहरु अटो र म्यानुअल दुवै तरिकाबाट चलाउन सकिन्छ । दिनको समयमा अटोमा राखेपछि एउटै समय तालिकामा आवागमन चल्छ भने बिहान वेलुकी सवारी साधन कम चल्ने बेलामा पैदल यात्रीले स्वीच थिचेर सडक पार गर्न सक्छन् । प्रयोगकर्ताले स्वीच थिचेको १० सेकेण्डपछि हरियो बत्ती बल्छ ।

महाराजगञ्ज चोक काठमाडौंका व्यस्त चोकमध्येको एक हो । सडकबत्ती जडान गर्ने क्रममा यार्सा टेक्नोजोलीले दिनको ३ बजेदेखि ४ बजेसम्म राखेको तथ्याङ्कमा त्यस १ घण्टाको अवधिमा ८०० वटा मोटरसाइकल, १२० वटा बस, २२० वटा कार र २१५ वट ठूला बस, ट्रक तथा मालबाहक सवारी गुडेका थिए । यो समय चाप हुुनु अघिको समय हो । त्यस चोकमा बिहान ४ बजेपछि र ७ बजे अघिको समयमा सवारीको अत्याधिक चाप हुने गरेको छ ।
 





  • प्रकाशित मिति : असोज २६, २०७५ शुक्रबार १३:२७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया