आइडिया आइकन २०२१ टाइटल प्रदान

नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एसोसिएसन अफ नेपालले इन्टेरियरमा हस्तकलालाई समायोजन गर्ने आइडिया प्रदान गर्ने प्रतिस्पर्धाका तीनजनालाई आइडिया आइकन २०२१ को टाइटल प्रदान गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच इन्टेरियर डिजाइनमा हस्तकलालाई समायोजन गर्दै हस्तकलालाई व्यावसायिक रुप दिन सकिने सन्दर्भमा आफ्नो अवधारणा प्रस्तुत गरी विजेता भएका ३ जनालाई आइडिया आइकन २०२१ को टाइटलसहित नगद पुरस्कार प्रदान गरिएको हो । 

विजेताहरु रविना श्रेष्ठ, रोशन ठाकुर र निलिमा प्रधानले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पाएका छन् । 

नेपाल सरकारले कोसेली घरको अवधारणा ल्याएको सन्दर्भमा आधुनिक प्रविधि र हस्तकलालाई समायोजन गर्दै कसरी कोसेली घर निर्माण गर्न सकिन्छ र आधुनिक प्रविधिको इन्टेरियर र मौलिक पहिचानको हस्तकलालाई समायोजन गराउने सम्बन्धमा ४० जनालाई प्रतिस्पर्धा गराएर ३ जना छानिएको नेपाल हस्तकला महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले बताए । 

परम्परागत रुपमा रहेको हस्तकलाको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको र नयाँ पुस्ता आकर्षित हुन नसकेको अवस्थामा देशको मौलिक कला, संस्कृतिलाई नयाँ प्रविधिको समेत अवलम्बन गर्दै संरक्षण गर्न आइडिया आइकन २०२१ ले महत्वपूर्ण भुमिका खेल्ने हस्तकला महासंघका उपाध्यक्ष शाक्यले बताए ।





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार २१:२२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया