भीम रावलको गृहनगरका मेयर र उपमेयरसहित १२ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

सुरुमा माधव नेपालको पक्षमा लागेर ओलीविरुद्ध मोर्चाबन्दी गरेका नेकपा एमालेका उपाध्यक्ष भीम रावल अन्तिम अवस्थामा एमालेमै रहेपछि आफ्नै गृहनगरमा एक्लिएका छन् । उनको गृहनगर साँफेबगरका मेयर र उपमेयरसहित १२ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् । 

अछामको साँफेबगरका मेयर कुलबहादुर कुँवर, उपमेयर विर्मलादेवी बुडथापासहित १२ जनप्रतिनिधिले एमाले छाडेर एकीकृत समाजवादी रोजेका हुन्। कुँवर, बुडथापासँगै १२ जनाप्रतिनिधिले आइतबार जिल्ला निर्वाचन कार्यालय मंगलसेनमा पुगेर समाजवादीमा सनाखत गरेका छन्।

समाजवादीमा सनाखत गर्नेमा अधिकांश वडा सदस्य रहेका छन्। अहिलेसम्म १२ जनाले समाजवादीमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

रावल निर्वाचित भएको क्षेत्रका राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, अछाम–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य बलबहादुर सोडारी, प्रदेशसभाका समानुपातिक सदस्य मनाकुमारी साउद र दुर्गा कामीले पनि समाजवादी रोजेका छन् । 





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार २२:२३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया