गायिका सन्ध्या डिको ‘मेरी माया’ सार्वजनिक

गायिका सन्ध्या डि आफ्नो पहिलो गीत ‘मेरी माया आउँदै छिन्...’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छन् । सन्ध्याले आफ्नै शब्द तथा संगीतको उक्त युगल गीत तयार पारेकी हुन् ।

सार्वजनिक गीतमा गायिका सन्ध्यालाई गायक युवराज चौलागाईंले साथ दिएका छन् । मेलोडियस शैलीको उक्त गीतले एउटा विशेष सन्देश बोकेको छ ।

गायिका, गीतकार तथा संगीतकार सन्ध्या भन्छिन्, ‘मेरी माया आउँदै छिन् गीतमा मैले विदेशिएका चेलीहरुलाई केन्द्रमा राखेर तयार पारेकी छु ।’

उनले अगाडि भनिन्, ‘थुप्रै नेपाली चेलीहरु पनि अध्ययन तथा रोजगारीका क्रममा विदेशिएका छन् । उनीहरुले आफ्ना घर–परिवार हेरेका छन् । मैले यो गीतमार्फत त्यही वास्तविकलाई उजागर गर्न खोजेकी छु । अहिलेसम्म यो गीतमा विषयमा आधारित भएर नेपाली गीत बनेको छ जस्तो नलागेर मैले यो हिम्मत गरेकी हुँ ।’

सार्वजनिक गीतको म्युजिक भिडियोमा टिकटकका स्थापित अनुहार पुरुषोत्तम सिग्देललाई सुजन श्रेष्ठ, सब्बु तथा सृजनासँगै फिचर गरिएको छ । राजन ईशान यो गीतका संगीत संयोजक हुन् ।

रामेश्वर जिरेलद्वारा छायांकन गरिएको उक्त भिडियोको सम्पादन लोकेन्द्र सुब्बाले गरेका हुन् भने कमल योञ्जनले निर्देशन गरेका हुन् ।​





  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १४:९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया