Fri, 16 Nov, 2018


नुवाकोटमा बस दुर्घटना, २ जनाकाे मृत्यु
फरक धार  |  असोज २६, २०७५

नुवाकाेट– नुवाकोटको लब्धुमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। शुक्रबार बिहान समुन्द्रटारबाट त्रिशूलीका लागि छुटेको बा१ख ६३५६ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रत्यक्षदर्रशीका अनुसार अहिलेसम्म दुर्इजनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते छन्र । दुर्घटनाका गम्भीर घाइतेलार्इ एम्बुलेन्समार्फत काठमाडौं लगिएको छ। सामान्य घाइतेलाई जिल्ला अस्पताल लगिएको छ।

स्थानीयले उद्धारको काम गरिरहेका छन् । दुर्घटनाको खबरपछि प्रहरी घटनास्थल पुगेकाे छ ।



यो पनि नछुटाउनुहोस्