पर्यटन बोर्डमा श्रमिकको अनिश्चितकालीन धर्ना, यस्ता छन् ८ बुँदे माग

पर्यटन मजदुरले आठ बुँदे माग राख्दै पर्यटन बोर्डमा प्रदर्शसहित धर्ना सुरु गरेका छन् । 

स्वतन्त्र पर्यटन श्रमिक सघंको (निटोग) नेतृत्वमा सोमबार पर्यटन बोर्डमा प्रदर्शनसहित धर्ना भइरहेको छ ।   

पर्यटन श्रमिक संघका अध्यक्ष रामकाजी तिवारीले कोभिडका कारण लामो समय पर्यटन मजदुर समस्यामा पर्दा कुनै पनि निकायले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताए । 

पर्यटनका उच्च वर्गले हरेक क्षेत्रबाट राहत पाउने तर तल्लो तहका श्रमिकले कुनै पनि अवसर नपाउने भएका कारण अनिश्चित कालिन धर्ना सुरु गरिएको तिवारीको भनाई छ । 

पर्यटन सरोकार संघ संस्थासँग समन्वय र सहकार्य गर्दा पनि चासो नदिएकाले बोर्डको आगँनमा आउनु परेको तिवारीले बताए ।  

उनीहरुले एफआइटी टिम्स पूर्ण रुपमा खारेज गर्नुपर्ने माग राखेका छन् । 



टिम्सलाई टानबाट हटाएर पर्यटन बोर्डबाट एकद्वार प्रणालीमार्फत वितरणको व्यवस्था गर्नुपर्ने, सम्पूर्ण क्षेत्रका टिम्स परमिटलाई विद्युतीय प्रणालीमा लैजान र श्रमिकको तथ्यांक अनिवार्य गर्नु पर्ने माग राखेका छन्।
 
टिम्सको आम्दानी श्रमिकहरुलाई सम्मानजक रुपमा पर्यटन बोर्ड र श्रमिकहरुलाई ५०/५० प्रतिशत वितरण गर्नुपर्ने, पदयात्रा वा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी कोष सम्मान तरिकाले यथाशिघ्र परिचालन गर्नु पर्ने, यस्तै एनटीभी र युएनडिपिको परियोजना पूर्णतः श्रमिकमैत्री आयोग गठन गर्नु पर्ने माग राखेका छन् । 
 
पर्यटन श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने र पूर्ण खोप लगाएका र कोभिड नेगेटिभ पर्यटकलाई क्वारेन्टाइन हटाएर पर्यटन सुचारु गर्नु माग राखेका हुन् ।


 



  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १३:५९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया