निर्देशक सुदर्शन थापाले सुप्रियासँग औंठी साटे

चलचित्र निर्देशक सुदर्शन थापाले इन्गेजमेन्ट गरेका छन् । उनले मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका हुन् । 

सुदर्शनको जन्मदिनको अवसर पारेर उनीहरुले एकअर्कासँग औंठी साटेका छन् । 

लामो समयदेखि प्रेममा रहेका सुदर्शन सुप्रियाले काठमाडौंको र्‍याडिसन होटलमा औंठी साटासाट गरेका छन् । 

इन्गेजमेन्ट कार्यक्रममा सुदर्शन तथा सुप्रियाको पारिवारिक उपस्थिति थियो । 

सुदर्शनले केही चलचित्रमा अभिनय गर्नुका साथै सफल चलचित्र निर्देशन गरेका छन् । 

सुप्रियाले केहि म्यूजिक भिडियोका साथै ‘साँढे सात’ नामक चलचित्रमा अभिनय गरेकी छन् । सुप्रिया एपी वान टेलिभिजनमा कार्यरत छन् ।





  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १४:२७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया