नेपाललाई ८२ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

मलेसियामा जारी आइसिसी टी–२० एसिया छनोट समूह ‘बी’ को शुक्रबार भइरहेको खेलमा सिंगापुरले नेपालसामु ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 
बायुमास ओभल क्रिकेट मैदानमा टस जितेर नेपालले सिंगापुरलाई ब्याटिङको निम्तो दिएको थियो । १७.३ ओभरमा ८१ रन बनाउँदा सिंगापुरले सबै विकेट गुमायो । 

सिंगापुरका लागि सुरेन्द्र चन्द्रमोहनले २५, मनप्रित सिंहले र सिद्धान्तले समान १० रन बनाउनुबाहेक अन्य ब्याट्समेनले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

सिंगापुरको विकेट लिने क्रममा नेपालका बलर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले ३.३ ओभरमा १६ रन दिएर ४ विकेट लिएका हुन् । सन्दीपले यो विकेटसँगै प्रतियोगिताभरि २४ विकेट लिएका छन् । 

यस्तै, सोमपाल कामी र करण केसीले समान २ तथा ललित राजवंशी र वसन्त रेग्मीले समान १ विकेट लिए । 

८२ रनको सामान्य लक्ष्य पाएको नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दै छ ।
 





  • प्रकाशित मिति : असोज २६, २०७५ शुक्रबार १४:३०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया