सुदूरपश्चिममा एमालेभन्दा ठूलो बन्यो एकीकृत समाजवादी !

सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एमालेभन्दा ठूलो दल बनेको छ । 

यसअघि एमालेमा रहेकी प्रदेश सभा सदस्य माया तामाङ बोहरा एकीकृत समाजवादीमा प्रवेश गरेसँगै एकीकृत समाजवादी सबैभन्दा ठूलो द लबनेको हो । 

सोमबार प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर बोहरालाई आफू एकीकृत समाजवादी पार्टीमा भएको सनाखत गरेकी हुन् ।

योसँगै सुदूरपश्चिममा नेकपा एमाले छोड्ने प्रदेश सभा सदस्यको संख्या १४ पुगेको छ ।

यसअघि आइतबार मात्रै भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीसहित ३ जनाले नेकपा एमाले छाडेका थिए । उनीहरुले हिजो नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए । 

त्यसअघि गत मंगलबार सुदूरपश्चिममा १० जना एमाले सांसदले आफूहरु नेकपा एकीकृत समाजवादीमा लागेको बताएका थिए ।



एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न चाहनेका लागि अब दुई दिन बाँकी छ ।



  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १५:२७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया