स्टार खेलाडीको अप्रत्यासित क्लब परिवर्तन, म्यानेजर, प्रशिक्षक र मालिक आश्चर्यचकित

यो वर्षको समर सिजनमा धेरै खेलाडीले आफ्नो पुरानो क्लब छोडेका छन् । एउटै समरमा धेरै खेलाडीले एकैपटक आफ्नो क्लब छोड्छन् भन्ने कसैले पनि सोचेको थिएन । साथै, एकैपटक फुटबल जगतमा यति धेरै परिवर्तन आउँछ भन्ने पनि सोचिएको थिएन । क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, ज्याक ग्रेलिस, जाडेन सान्चो, सार्जियो रामोस, रोमेलु लुकाकुजस्ता खेलाडीले एकै पटक क्लब परिवर्तन गर्ने निर्णय गरे । 

यो समर सिजन फुटबल जगतमा अनपेक्षित तरिकाले खेलाडी परिवर्तनको याम रह्यो । खेलाडीले यस वर्ष भटाभट गरेको परिवर्तनले क्लब म्यानेजर, अध्यक्ष तथा मालिकहहरुलाई सोचमग्न पारिदिएको छ । 

सबेरै बिहान होस् या अबेर राति कुन बेला खेलाडीको फोन अथवा मेल आउने हो र के अप्रत्याशित सूचना बाहिर आउने हो भन्ने तिनले सोचिरहे । यसपालिको सिजनमा केही खेलाडीले चाहेर पनि क्लबमा बस्न सकेनन् भने केहीले कुनै सुइँको नै नदिई एक फोन कलको भरमा क्लब छाडेका छन् । कोहीले केही गुनासोका कारण क्लब छाडे । 

मेस्सीले ला लिगाको आर्थिक नीतिका कारण क्लब छाडे । क्रिस्टियानो रोनाल्डो पुनः म्यानचेस्टर युनाइटेटमा आवद्ध हुन पुगे । 

जिनेदिन जिदानले रियल म्याड्रिड छोड्नुअघि राति स्टाटसमार्फत् जानकारी दिए । रियल म्याड्रिडका अध्यक्षले समेत भोलिपल्ट मात्र यो जानकारी पाएर यसबारे बोलेका थिए । 

यसपालिको समर हुन पनि अचम्मको भएको छ । उनले क्लब छाडेको केही घण्टामा नै जार्जिनियो विज्नाल्डमले बार्सिलोनासँग मौखिक भएको सहमति तथा स्वास्थ्य परीक्षण सबै कुरा छोडेर पिएसजीको दोब्बर तलबलाई स्वीकार गरे ।  



जार्डेन सान्चो जर्मन क्लब बोरुसिया डर्टमन्ड छाडेर म्यानचेस्टर युनाइटेड गए । त्यस्तै, राफेल भरानले पनि रियल म्याड्रिड छाडेर म्यान्चेस्टरतिरको बाटो तताए । ज्याक ग्रेलिस म्यानचेस्टर सिटीतिर लागे भने रोमेलु लुकाकु पुरानो क्लब चेल्सीतिर फर्किए । 

लुकाकुले इन्टरमिलान छोड्लान् भनेर कसैले सोचेको थिएन । उनले इन्टर छाड्नु सबैका लागि आश्चर्यको कुरा रह्यो । यहाँसम्म कि उनलाई लामो समयदेखि विश्लेषण गरिरहेका फुटबल विश्लेषकलाई समेत चकित पार्दै उनी चेल्सी प्रवेश गरे । हुन त इन्टरसामु चेल्सीले पहिले पनि लुकाकुको प्रस्ताव राखेको थियो । तर यसपालि र यति छिट्टै यो प्रस्ताव स्वीकार होला भन्ने सोचिएको थिएन । 



यस वर्षको सबै भन्दा दुखद बिदाइ थियो– लियोलन मेस्सीको । उनले बार्सिलोना छोड्दा क्लबप्रति देखाएको मायाले धेरै फुटबलप्रेमीलाई भावुक बनाएको थियो । त्यस्तै, यही समरको अर्को ठूलो परिवर्तन भनेको क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड रोज्नु । उनी पनि युभेन्टस छोडेर म्यानचेस्टरमा आवद्ध भएका हुन् ।
(दिगार्जियन) 

  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १६:४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया