हवाई कारबाहीमा तालिवान कमान्डरसहित ३० मारिए

अफगानिस्तानको फराह प्रान्तको विभिन्न भागमा विदेशी सैन्य बलले गरेको हवाई कारबाहीमा परी पछिल्लो हप्ता चार तालिबान कमान्डरसहित ३० जनाको ज्यान गएको छ । 

खाक सफिद जिल्लामा भएको हवाई कारबाहीमा परी तालिबान कमान्डर मुल्लाह बारी जानको मृत्यु भएको फराह प्रान्तका गभर्नर अब्दुल बासिर सलांगीले पुष्टि गरेका छन् । 

मुल्लाहले कम्तीमा तीन सय हत्या र आक्रमण गरेका टोलो समाचार समितिले जनाएको छ ।

उनीबाहेक मुल्लाह हान्जाला, मुल्लाह मुख्लिस र मुल्लाह अब्दुल सलिम नाम गरेका तालिबान कमान्डरहरु मारिएका सलांगीको दाबी छ । 

सलांगीका अनुसार गत हप्ता फराह प्रान्तको विभिन्न भागमा भएको हवाई कारबाहीमा परी कम्तीमा ३० आतंककारी मारिएका छन् ।

तर, तालिबानले भने समाचारको खण्डन गरेको छ । आफ्ना कुनै सदस्य नमारिएको उसले बताएको छ ।



कान्दाहार प्रान्तको मरिफ जिल्लामा भएको एक हवाई कारबाहीमा चार सर्वसाधारणको पनि मृत्यु भएको समाचार छ । समाचारअनुसार, आक्रमणका क्रममा आठजना घाइते भएका छन् । 
 



  • प्रकाशित मिति : असोज २६, २०७५ शुक्रबार १६:२४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया