‘द कोरियन सप’मा विभागले गर्यो सिलबन्दी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै जमलस्थित द कोरियन सपमा सिलबन्दी गरेको छ । 

विभागको टोलीले शुक्रबार गरेको अनुगमनमा उक्त पसलले ५०० प्रतिशतसम्म बढी मूल्य लिएर सामान बिक्री गरेको भेटेपछि सिलबन्दी गरेको हो ।

कोरियन सपले उपभोक्तासँग अत्यधिक मूल्य लिएको भन्ने उजुरीका आधारमा अनुगमन गर्दा ठगी गरेको पाइएकाले सिलबन्दी गरेको विभागका शाखा अधिकृत दीपकराज पोखरेलले बताए । 

खरिद मूल्यभन्दा अधिक नाफा राखेर बिक्री गरेको अनुगमनका क्रममा देखिएको उनले बताए । अधिकृत पोखरेलले भने, ‘कोरियन सपले ७० देखि ५०० प्रतिशतसम्म मुनाफा राखेर कपडालगायत सामग्री बिक्री गरेको पाइयो ।’ 

उपभोक्ता संरक्षण ऐन २०७५, कालोबजारी ऐन तथा सामाजिक अपराध ऐनबमोजिम उक्त पसलका सञ्चालकलाई कारबाही हुने उनले जनाए ।

कालोबजारी ऐनअनुसार व्यापारीले कुनै पनि उपभोक्तालाई सामान बेच्दा २० प्रतिशतभन्दा बढी नाफा लिन मिल्दैन ।



यसअघि विभागले न्युरोडस्थित पिनट्स सपिङ सेन्टरमा सिलबन्दी गरेको थियो । बजार अनुगमनलाई तीव्रता दिएको पोखरेलको भनाइ छ । 



  • प्रकाशित मिति : असोज २६, २०७५ शुक्रबार १९:५८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया