तीजमा यसरी गर्नुहोस् आफैं मेकअप

तीज मनाउनेहरुका लागि मात्रै नभएर फेसन र मेकअपसँग सम्बन्धित व्यक्तिहरुका लागि पनि विशेष पर्व बन्दै आएको छ । तीजका पहिरन किन्न बुटिकदेखि डिपार्टमेन्ट स्टोर, फेसन सेन्टरदेखि सानासाना पसलमा भीड लाग्ने गरेको छ । रातो र हरियो रङलाई सौभाग्यको प्रतीक मानिने भएकाले पनि तीजमा विशेष गरेर यही रङका पहिरन बढी बिक्ने व्यसायीहरुको अनुभव छ । चाडपर्वमा सारी र ब्लाउज सबै वर्ग एवम् समुदायको साझा पहिरन भएका छन् । 

कोरोनका कारण धेरैले यो वर्ष खुलेर तीज मनाएका छैनन् । तीजको तयारीमा रहेका महिलाहरु यो पटक कसरी यो पर्व मनाउने भन्ने अन्यौलमा छन् । धेरै पार्लरहरु बन्द छन् । कतैकतै पार्लर खुले पनि यो वर्ष धेरैसँग मेकअपमा खर्च गर्ने अवस्था छैन । यसकारण पनि कम खर्चमा आफैंले मेकअप गर्नु बुद्धिमानी हुने छ । कसरी गर्ने त आफैंले मेकअप ?

मेकअप टिप्स

  • तीजका लागि नुडे मेकअप चलेको छ ।
  • नुडे मेकअप गर्दा पनि भद्दा देखिँदैन ।
  • यो मेकअप गर्दा राम्री देखिनुका साथै सिम्पल पनि देखिन्छ ।
  • आँखामा ब्राउन आइस्याडो र ओ​ठमा बेबी पिंक कलर लिपिस्टिक लगाउँदा राम्रो देखिन्छ ।
  • आर्यन फेसका मान्छेका लागि आँखामा डार्क कलरको आइस्याडो लगाएर साइडमा गोल्डेन कलर युज गर्दा राम्रो देखिन्छ । 
  • आँखामा हाइलाइट गरेर मेकअप गर्दा ओ​ठमा सफ्ट कलर प्रयोग गर्नुपर्छ ।
  • पसिनाले मेकअप बिग्रन सक्ने हुँदा लिक्विड बेसका मेकअप सामग्री प्रयोग गर्नुपर्छ । 
  • मेकअप गर्दा पहिला लुज पाउडर लगाएर हल्का पानी राखेर गर्दा लामो समय टिक्छ ।


आफैं मेकअप

समय र आवश्यकता अनुसार आफंै मेकअप गर्न पनि सकिन्छ । त्यसका लागि सबैभन्दा पहिले अनुहारलाई राम्रोसँग सफा गर्नुपर्छ । त्यसपछि अनुहारमा टोनरको प्रयोग गर्नुपर्छ । टोनरको प्रयोगले पसिना र पानीले मेकअप बिगार्दैन । त्यसैले मेकअप लगाउनुअघि अनुहारलाई ‘क्लिजिङ’ वा ‘टोनिङ’ गर्नुपर्छ । तपाईंले गरेको मेकअपअनुसार नै हेयर स्टाइल पनि मिलाउनु पर्छ ।



अनुहारमा टोनर लगाइसकेपछि, ओँठमा राम्रोसँग मोस्चराइजर लगाउनु पर्छ । ओँठमा मोस्चराइजर लगायो भने लिपिस्टिक लगाउँदा ओँठ फाटेजस्तो देखिँदैन । 
आँखामा गाजल लगाइसकेपछि ‘मसकरा’ लगाउन सकिन्छ । आँखाको मेकअप गर्दा चल्तीअनुसार लगाउनु पर्छ । ब्लसले तपाईंको लुकलाई पर्फेक्ट बनाइदिन्छ । 

बिना पाण्डे
मेकअप आर्टिस्ट



ड्रेस टिप्स

  • तीजका लागि विशेष गरेर गाउन, लेहेङ्गा, अनारकली, कुर्ता र सारी चलेको छ ।
  • यो चाडमा फिक्स सारी (पहिला नै स्टिच गरेको) राम्रो हुन्छ । किनकि जति नाचे पनि फुस्कने डर हुँदैन ।
  • टिनएजका अविवाहित युवतीहरुले लेहेङ्गा, कुर्ता तथा अनारकली लगाउँदा राम्रो देखिन्छ ।
  • विवाहितहरुको हकमा भने सारी नै राम्रो देखिन्छ ।
  • कालो वर्णका महिलाहरुले कपडा छान्दा ब्राइट छान्नु पर्छ ।
  • तीज भन्नासाथ रातो रङ नै लगाउनु पर्छ भन्ने छैन । रातोका साथै अरू ब्राइट कलर पनि प्रयोग गर्न सकिन्छ । लाइट पिंक, ग्रिनको एल्लो सेड, लेमन ग्रिन, पिच, डार्क पर्पल, रानी, रोयल ब्लु गोल्ड, लेमन एल्लो तथा अरेन्ज कलरहरू महिलाको लुक्सलाई अझ चेन्ज र राम्रो देखाउँछ ।
  • तीजमा छमछम नाच्ने, मन्दिर जाने अर्थात् रमाइलो गरिने भएकाले लच्किने फ्लेक्सिबल डिजाइन नै उपयुक्त हुन्छ ।

हेमा श्रेष्ठ
हेमाज बुटिक नक्साल
 

  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १३:२५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया