प्रविशालाई वरवर आउ भन्दै गायक यम बराल

गायक यम बराल आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । गायक बराल र गायिका प्रविशा अधिकारीको युगल गायन रहेको ‘अझ वर वर आउ’ शीर्षकको रोमान्टिक गीत ओएसआर डिजिटलको यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।

उक्त गीतलाई गायक यम बरालले नै संगीतबद्ध गरेका हुन् भने शब्द उज्वलराज भट्टराईका हुन् । बलराम समाल उक्त गीतका संगीत संयोजक हुन् ।
विक्रम कार्कीले गीतलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् । सोनम पाख्रिनद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री बेनिशा हमाल तथा मोडल जोर्डन राजभण्डारीले अभिनय गरेका छन् ।

नगरकोटको आकर्षक लोकेशनमा छायांकन गरिएको यो भिडियोमा अभिनेत्री हमाल र मोडेल राजभण्डारीको जोडी आकर्षक देखिएको छ । अभिनेत्री हमाल लामो समयपछि नयाँ म्युजिक भिडियोमा देखिएकी हुन् ।

सुरेन्द्र बसेलद्वारा कोरियोग्राफी गरिएको भिडियोलाई बुद्ध थापा तथा उनको टिमले छायांकन गरेको हो । विकास दाहाल सम्पादन गरेको यो भिडियो भूमिका देवान राईले निर्माण गरेकी हुन् ।
 





  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १३:४५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया