बिटक्वाइनको मूल्य ५१ हजार डलर नाघ्यो, इथेरियम, बाइनान्स र डजक्वाइनमा पनि उछाल

संसारको सबैभन्दा लोकप्रिय र ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ५१ हजार डलरभन्दा माथि पुगेको छ । मूल्यमा उछाल केवल बिटक्वाइनमा होइन, संसारका अन्य क्रिप्टोकरेन्सी– इथेरियम, बाइनान्स क्वाइन र डजक्वाइनमा पनि आएको छ ।

मूल्यवृद्धिले क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरुलाई निकै फाइदा भएको छ । विश्व क्रिप्टोकरेन्सी बजार पुँजीकरण अब ३.१७ प्रतिशत बढेर २.३५ लाख करोड डलर पुगेको छ ।

पछिल्लो २४ घण्टा (सोमबार)मा क्रिप्टो बजारको कुल भोल्युम (कारोबार गरिएको सिक्काको कुल राशि) १२२.६८ अर्ब डलर हुन पुगेको छ । पछिल्ला केही सातादेखि क्रिप्टोकरेन्सीको मूल्यमा तीव्र गतिमा वृद्धि हुन थालेको छ ।

यो वृद्धिमा संस्थागत तथा रिटेल लगानीकर्ताको निकै सहभागिता रह्यो । बिटक्वाइनको मूल्य गत जुन महिनामा २९ हजार डलरमा झरेको थियो, यो ६ महिनाको अवधिको सबैभन्दा तल्लो स्तर थियो । अब यसको मूल्य निकै बढेको छ ।

तर, अझै पनि बिटक्वाइनको मूल्य ‘रेकर्ड’बाट निकै टाढा छ । यसको रेकर्ड मूल्य ६५ हजार डलर हो । बिटक्वाइनले अप्रिलमा यो स्तर छोएको थियो । बजार विश्लेषकहरु बिटक्वाइनले रेकर्ड स्तर छुन र यसको मूल्य तीव्र गतिमा बढ्न सक्ने बताउँछन् ।

भारतीय लगानीकर्ता सतर्क



क्रिप्टोकरेन्सीमा अब संसारभरका लगानीकर्ता विस्तारै आकर्षित हुन थालेका छन् । यसैक्रममा भारतीय लगानीकर्ता भने अहिले यसमा लगानी गर्न निकै सतर्क भएका छन् । किनकि, भारत सरकारले अझै पनि क्रिप्टोकरेन्सीबारे कुनै निर्णय गर्न सकेको छैन ।

केन्द्र सरकारले छिट्टै क्रिप्टोकरेन्सीबारे ठूलो निर्णय लिन सक्ने अनुमान पनि गरिएको छ । सरकाले यसलाई ‘एसेट्स’ या ‘कमोडिटी’, कुनै पनि क्याटगोरीमा राखिदिन सक्छ । विश्लेषकहरुका अनुसार, क्रिप्टो एसेट्सलाई त्यसको प्रविधि या ‘एन्ड युज’को आधारमा परिभाषित गरिने छ ।



सरकारलाई अहिले के संकट परेको छ भने, क्रिप्टोकरेन्सीलाई कुन क्याटगोरीमा राखेर कर लिने निश्चित गर्न सकिएको छैन । यसलाई करेन्सी, कमोडिटी या इक्विटी सेयरजस्तो एसेट्स मान्ने या सर्भिस ।

  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १५:२९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया