सुदूरपश्चिम प्रदेशका दुई मन्त्री राजीनामा दिने तयारीमा

सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिने तयारी गरेका हुन् । 

दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेता समेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिने तयारी गरेका हुन् ।
एमाले इतरका दलहरूले सरकार संचालन गर्ने तयारी गरेपछि शाह र गहतराजले राजीनामा दिन लागेका हुन् । 

राजीनामा दिने बारे छलफल भईरहेको राज्यमन्त्री  गहतराजले जानकारी दिईन् । विगतमा शाह र गहतराज दुबै माधव नेपालको समूहमा थिए । तर दल विभाजन भएपछि भने उनीहरुले माधव नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी)लाई साथ नदिएका छन् । 

सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारमा नेकपा एमाले पनि सहभागी छ । एमालेका सभामुखबाहेक २४ जना प्रदेश सांसदमध्ये १४ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् । अहिले नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल बनेको छ ।





  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १५:४०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया