नेकपा एमाले प्रदेश २ का इन्चार्ज रघुवीर महासेठले आफ्नै गृहपालिकाका उपमेयरलाई अन्य पार्टीमा प्रवेश गर्नबाट रोक्न सकेनन् । नेता महासेठको गृहपालिका धनुषाको मिथिला बिहारी नगरपालिकाकी उपमेयर अनिता कुमारी साह माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेकी छन् । पार्टी विभाजन भएपछि महासेठको गृहजिल्लामै एमाले कमजोर बनेको छ ।
उपमेयर साह पूर्वमन्त्री जूली कुमारी महतोसँग अत्यन्त निकट भएर काम गर्दै आएकी थिइन् भने उपमेयर साहका पति चन्द्रकिशोर साह पनि पूर्वमन्त्री जूलीको आफ्नै घरका व्यक्ति (किचेन क्याविनेट) जस्तै थिए ।
उपमेयर साहसँगै वडा नम्बर–२ का वडाध्यक्ष बिहारी महतो, कार्यपालिका सदस्य गुलाब ठाकुरसहित मिथिला बिहारी नगरपालिकाका विभिन्न वडाका थप ९ जना सदस्यहरू एकीकृत समाजवादीमा रहने गरि मंगलबार जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।