प्रदेश २ : जनलोकपाल आयोगमा पदाधिकारी नियुक्त

प्रदेश २ सरकारले प्रदेश जनलोकपाल आयोगमा पदाधिकारी नियुक्त गरेको छ । सरकारले आयोगको अध्यक्षमा रौतहटका रामसहाय राय यादव र सदस्यमा जनकपुरधामका राजकिशोर साह तथा महोत्तरी गोनरपुराकी शोभाकुमारी महतोलाई चयन गरेको हो ।
 
नवनियुक्त पदाधिकारीलाई मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । आयोगको कार्यालय जनकपुरधामको मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्रभित्र राखिएको छ । नवनियुक्त पदाधिकारीले आजै कार्यालय पुगेर पदभार समेत ग्रहण गरेका छन् ।

प्रदेशको सार्वजनिक मामिलालाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र जनसहभागितामूलक बनाउन ०७७ भदौ ३ गते प्रदेश २ को प्रदेश सभाले यो ऐन बनाएको थियो । 

प्रदेशबाट प्राप्त हुने सेवा–सुविधामा नागरिकको समान र सहज पहुँच सुनिश्चित गर्न तथा कानुनको शासन, चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात गरी सुशासन पाउने नागरिकको अधिकारलाई व्यवहारमा उतारी कार्यान्वयनमा ल्याउन सो ऐन बनाइएको हो । 

प्रशासन संयन्त्रलाई सेवाप्रदायक संयन्त्र तथा सहजकर्ताको रुपमा रुपान्तरण गरी प्रदेशमा सुशासनको प्रत्याभूति दिने जिम्मेवारी जनलोकपाल आयोगलाई दिइएको छ । 





  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १९:५२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया