नेप्से परिसूचक दोहोरो अंकले घट्यो

साताको तेस्रो दिन मंगलबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज परिसूचक २९९९.५५ बिन्दुबाट सुरु भएको कारोबार २९३६.६१ बिन्दुमा गएर सेयर कारोबार रोकिएको छ । साताको तेस्रो कारोबार मंगलबार सेयर कारोबार मापक नेप्से उच्च अंकले घटेको छ । नेप्से परिसूचक ४४ दशमलब १८ अंकले घटेर २ हजार ९३६ दशमलब ६० विन्दुमा पुगेको हो । 

सोमबार हालसम्मकै उच्च १६१ दशमलब ९४ अंक बढेर २ हजार ९८० दशमलब ७८ बिन्दुमा पुगेको बजार घटेको हो । ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलब ९१ प्रतिशत अर्थात् ५ दशमलब शून्य ५ अंकले घटेर ५४८ दशमलब ३५ बिन्दुमा पुगेको छ । 

सोमबार सेन्सेटिभ इन्डेक्स ६ दशमलब शून्य २ प्रतिशत अर्थात् ३१ दशमलब ४१ अंक बढेर ५५३ दशमलब ४० बिन्दुमा पुगेको थियो । कुल २२२ कम्पनीको सेयर १ करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार २ सय ६१ रुपैया सेयर खरिदबिक्री भएको छ ।  

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको सेयर ओरालो लागेको छ भने २ उपसमूहको सेयर उकालो लागेको छ । त्यसमा बैंकिङ १.६८, ट्रेडिङ १.५६, होटल तथा पर्यटन २.९९, विकास बैंक १.२९, हाइड्रोपावर १.५२, फाइनान्स १.६४, नन लाइफ इन्सुरेन्स २.३१, उत्पादन १.९२, माइक्रो फाइनान्स २.५८, इन्सुरेन्स १.८, इन्भेस्टमेन्ट ०.४२ प्रतिशतले कारोबार घटेको छ । 

आज कारोबार भएका उपसमूहमध्ये म्युचल फण्ड ०.५६ र अन्य १.०१ सेयर कारोबार बढेको छ । कारोबारको आधारमा सानिमा लाइफ इन्सुरेन्स १०, युनाइटेड मोदी हाइड्रो पावर लिमिटेड ७.७८ हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी लिमिटेड ५.१६, युनिलिभर नेपाल लिमिटेड ५.०३, मनकामना स्मार्ट लघुवित वित्तीय संस्था लिमिटेड ४.०१ प्रतिशतले शीर्ष स्थानमा रहे । 



आजको कारोबारमा आरएमडिसी लघुवित्त वित्तीय संस्था ७.७३, रुरु जलविद्युुत् परियोजना लिमिटेड ७.०१, प्रोगेसिभ फाइनान्स लिमिटेड ५.६०, फर्स्ट माइक्रोफाइनान्स डिभलप्मेन्ट बैंक लिमिटेड ५.४३ र माउन्टेन इनर्जी लिमिटेड ५.३७ प्रतिशतले गुमाएका छन् ।



  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार २०:५४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया