बागमतीमा विभाजन यस्तो छ तथ्यांक

बागमती प्रदेश (उपत्यका)बाहेकका स्थानीय तहका २ सय ४० जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । एमाले विभाजन भएपछि सबैभन्दा धेरै बागमती प्रदेशको धादिङबाट स्थानीय तहका जनप्रतिनिधिले नेकपा एस रोजेका छन् भने रसुवामा नेकपा एस जनप्रतिनिधि शून्य बनेको छ ।  

धादिङमा सर्वाधिक, रसुवा शून्य 

धादिङको एक नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, १४ जना वडा अध्यक्षसहित ८५ जना जनप्रतिनिधिले निर्वाचन कार्यालय धादिङमा नेकपा एस रोज्दै सनाखत गरेका छन् । कार्यालयका अनुसार ६ जना जनप्रतिनिधिले सनाखत फिर्ताको माग गर्दै निवेदन दिएका छन् । काभ्रेका ५६ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एस रोजेको निर्वाचन कार्यालय काभ्रेले जानकारी दिएको छ ।  

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामासहित ३९ जनाले नेकपा एस रोजेको प्रदेश निर्वाचन कार्यलय, हेटौंडाले जानकारी दिएको छ ।  

यस्तै, सिन्धुलीमा २ जना जनप्रतिनिधिले नेकपा एस रोज्दै सनाखत गरेका थिए । जसमध्ये एकले सनाखत फिर्ताको माग गर्दै निवेदन दिएका छन् । दोलखामा वडाध्यक्षसहित वडा सदस्य ७ जना, सिन्धुपाल्चोकमा २ जना वडा सदस्य, नुवाकोटमा ९ जनाले नेकपा एस रोज्दै सनाखत गरेको सम्बन्धित निर्वाचन कार्यालयले जानकारी दिए ।

नुवाकोटमा एकजनाले सनाखत फिर्ताका लागि निवेदन दिएको कार्यायलले जनाएको छ । चितवनमा ३६ जना जनप्रतिनिधि, रामेछापका मन्थली नगरपालिका प्रमुखसहित ५ जनाले नेकपा एस रोजेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।    



बागमती एमाले र समाजवादी यस्ता छन्, प्रतिनिधिसभा सदस्य 

नेकपा एमालेमा २४ जना 



कृष्ण दाहाल (मकवानपुर)
नवराज सिलवाल (ललितपुर) 
ईश्वर पोख्रेल (काठमाडौं)
कृष्णगोपाल श्रेष्ठ (काठमाडौं) 
कृष्णबहादुर राई (काठमाडौं) 
मायादेवी न्यौपाने (काठमाडौं) 
रामवीर मानन्धर (काठमाडौं)  
बिनाकुमारी श्रेष्ठ (काठमाडौं) 
विन्दा पाण्डे (काठमाडौं)  
सरिता न्यौपाने (काठमाडौं) 
सुजिता शाक्य (काठमाडौं) 
महेश बस्नेत (भक्तपुर)
गोकुल बाँस्कोटा (काभ्रे)
नविना लामा (काभ्रे)
खेम प्रसाद ओली (धादिङ)
भूमिप्रसाद त्रिपाठी (धादिङ)
नारायणप्रसाद खतिवडा (नुवाकोट)
शेरबहादुर तामाङ (सिन्धुपाल्चोक)
गणेशकुमार पहाडी (सिन्धुली)
गोमा देवकोटा (सिन्धुली)
पार्वत गुरुङ (दोलखा)
शान्तिमाया तामाङ पाख्रिन (दोलखा) 
कृष्णभक्त पोखरेल

सुरेन्द्र पाण्डे (चितवन) 

नेकपा एसमा ६ जना

माधव नेपाल (काठमाडौं) 

जीवनराम श्रेष्ठ (काठमाडौं)

मुकुन्द न्यौपाने (काठमाडौं)

रामकुमारी झाँक्री (काठमाडौं) 

कृष्णलाल महर्जन (ललितपुर)

विरोध खतिवडा (मकवानपुर)

  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार २१:४७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया