खुल्ला देश बेलायतको संसदमा जिन्स र खुल्ला कपडा प्रतिबन्ध

कसैले अलि उत्ताउलो वा खुल्लाखालको पहिरन गर्‍याे भने हामी सीधै भनिदिन्छौं- पश्चिमा सभ्यताको खराब असर ! तर, बेलायती संसद्ले हालै गरेको पहिरनसम्बन्धी निर्णयले यो बुझाइलाई उल्टाइदिएको छ । पश्चिमी मुलुक बेलायतको संसद्मा अब जिन्स र स्लिभलेस टप लगाएर जान नपाइने नियम बनेको हो ।

संसद्को ग्रीष्मकालीन अधिवेशन सोमबार अन्त्य भएको छ । संसद्को उक्त शत्रको अन्त्यसँर्ग उनीहरू तल्लो सदन ‘हाउस अफ कमन्स’ मा भाग लिनेछन् । सोही समयदेखि सांसद्हरूलाई जिन्स र अन्य पोशाको सट्टा ‘पेशेवर पोशाक’ लगाउन सभापति सर लिन्डसे होयलेले निर्देशन दिएका छन् ।

होयलेले हाउस अफ कमन्समा व्यवहार र शिष्टाचारको नियम ‘अपडेट’ गर्दै कोरोना महामारीका कारण पहिरनमा दिइएको छुट हटाउन लागेका हुन् । लकडाउनको समयमा सांसदहरूलाई विभिन्न छलफलमा सहभागी गराउनका लागि केही नियममा छुट दिइएको थियो । अब नयाँ दिशानिर्देशनमा भनिएको छ- सांसदहरूले हेक्का के राख्नुपर्छ भने, यस्तो कपडा पहिरनुपर्छ जसले सदनको सम्मान प्रदर्शन गरोस् । 

के लगाउन पाइन्छ, निर्देशनमा के भनिएको छ ?

सांसदहरुले आफ्नो च्याम्बर र त्यसको वरिपरी व्यावसायिक पोशाक लगाउने अपेक्षा गरिएको छ । जिन्स, स्पोर्ट्सवेयर या अन्य खुल्ला देखिनेखालको कपडा उपयुक्त हुँदैन । टिसर्ट वा बाहुला नभएको टप व्यावसायिक पोशाक होइन । साथै, सांसदहरूले उपयुक्तखालको जुत्ता लगाउने अपेक्षा पनि गरिएको छ । पुरुष सांसदलाई टाई लगाउन प्रोत्साहन गरिने छ । र, कोट या ज्याकेट लगाउनु पर्ने छ ।

नयाँ दिशानिर्देशनमा भनिएको छ- संसद् सदस्य बनेर देशको सेवा गर्न पाउनु सौभाग्यको कुरा हो । र, त्यस्ता सांसदले लगाउने कपडा, बोल्ने भाषा तथा आचरणमा उक्त सौभाग्य झल्कनु पर्छ । 





  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १५:३९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया