एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध गरेका हुन् । 

एमाले प्रमुख सचेतक समेत रहेका सांसद विशाल भट्टराईले एमालेलाई नियम कानुन विपरित तल पारेर हेप्न खोजे एमाले चुप लागेर बस्न नसक्ने बताएका थिए । यसको जवाफ नपाउन्जेल संसद चल्न नदिने उनले एमालेको निर्णय सुनाएका थिए । 

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले जवाफ दिँदैगर्दा एमाले सांसदहरु आफ्नो आसनबाट उठेर विरोध गरेका थिए ।
 





  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १६:२१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया