प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध, सभामुखले गरे १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध जारी गरेको छ । प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो बैठकमा एमालेले सभामुखको भूमिकाप्रति प्रश्न उठाउँदै बैठक अवरुद्ध गरेको थियो । 

लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । १५ मिनेटपछि सुरु भएको अर्को दोस्रो बैठकमा पुनः अवरोध कायम गरेपछि बैठक पुनः १५ मिनेटका लागि स्थगित गरिएको छ । 

सभामुख सापकोटाले पुनः बैठक स्थगित गरिएको जानकारी दिएका छन् । 

‘मैले संविधान, नियम कानुनको बर्खिलाप केही गरेको छैन, त्यसकारण सदन संचालन गर्न दिनुस्’ भन्दै आग्रह गरेका थिए । यद्यपि, एमालेका सांसदहरुले ‘संसदको मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर,’ लगायतका नारा लगाएका छन् ।





  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १७:२८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया