तीन दिनका लागि तलबभत्ता बाहेकका बजेट निकासामा महालेखाको रोक

महालेखा नियन्त्रक कार्यालयले बिहीबारदेखि तीन दिनका लागि तलबभत्ता बाहेकका चालु आर्थिक वर्षको बजेटबाट कुनै पनि रकम निकासा नगर्न निर्देशन दिएको छ।  

महालेखाले कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश इकाइ कार्यालयहरुलाई पत्र लेख्दै बिहीबारदेखि शनिबारसम्म लागू हुने गरी बजेट निकासा रोक्न निर्देशन दिएको हो । 
 
आर्थिक वर्ष २०७८/७९ को नेपाल सरकारको बजेट निकासा सम्बन्धमा तलब, भत्ता र निवृत्तिभरणबाहेकको कुनै पनि बजेट निकासा तीन दिनसम्म नगराउन पत्रचार गरिएको हो ।
  
सरकारले बजेट अध्यादेशलाई परिवर्तन गरी प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्ने तयारी गरेकाले तीन दिनका लागि बजेट रोकिएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिए । 

निकासा भएको बजेट रोक्ने भन्दा पनि प्रतिस्थापन विधेयकको तयारी भइरहेकाले खर्च व्यविस्थत गर्न खोजिएको उनको भनाई छ । 

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन विधेयकमार्फत अगाडि बढाउने तयारी सरकारले गरेको छ । 

यस अवधिमा निकासाई भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा माग गर्ने र निकासा गर्ने अधिकारी नै जिम्मेवार हुने समेत महालेखाले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ २४, २०७८ बिहीबार १२:५४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया